लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा निर्वाचनका लागि सामग्री ढुवानी गर्न आयोगले माग्यो सेवा प्रदायक, यस्ता छन् शर्तहरू

प्रतिनिधिसभा निर्वाचनका लागि सामग्री ढुवानी गर्न आयोगले माग्यो सेवा प्रदायक, यस्ता छन् शर्तहरू

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी गर्न सम्बद्ध पक्षलाई सूचीकृत हुन आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकोप्टर, ट्रक, कन्टेनर र कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीहरूले आयोगमा निवेदन दिनुपर्नेछ ।

आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीहरूलाई आवश्यक शर्त पूरा गरी आवेदन दिन भनेको छ । यसका लागि सम्बन्धित निकायबाट प्राप्त सेवा सञ्चालन इजाजतपत्र, मूल्य अभिवृद्धिकर ९ख्ब्त्० दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१÷८२ सम्मको करचुक्ता प्रमाणपत्र र विगत तीन आर्थिक वर्षको कारोबार विवरण खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

आयोगको मापदण्ड अनुसार हेलिकोप्टर भाडामा लिनका लागि पछिल्लो तीन आर्थिक वर्षको न्यूनतम औसत वार्षिक कारोबार रकम ३ करोड रुपैयाँ बराबरको हुनुपर्नेछ । त्यसैगरी, ट्रक तथा कन्टेनर भाडामा दिने कम्पनीको हकमा १ करोड रुपैयाँ र कुरियर सेवाका लागि ३० लाख रुपैयाँ बराबरको कारोबार विवरण पेस गर्नुपर्ने शर्त तोकिएको छ ।

कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीको सञ्जाल ७७ वटै जिल्लामा हुनुपर्ने र त्यहाँ रहेका कार्यालय तथा प्रतिनिधिको टेलिफोन र मोबाइल नम्बर सहितको विवरण निवेदनका साथ बुझाउनुपर्नेछ । आयोगका अनुसार कुनै पनि फर्म वा कम्पनीले एकभन्दा बढी समूहमा सूचीकृत हुनका लागि निवेदन दिएमा त्यस्तो निवेदनउपर कारबाही गरिने छैन । सेवा प्रदायक फर्म वा कम्पनी सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार भने आयोगमा नै निहित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।