लोड हुँदैछ...

मेनु

पूर्वगृहमन्त्री लेखकमाथिको स्थान हद फुकुवा

पूर्वगृहमन्त्री लेखकमाथिको स्थान हद फुकुवा

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लगाइएको स्थान हद फुकुवा भएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकविरुद्ध सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौं उपत्यका छोड्न नपाउनेगरि स्थान हद लगाएको थियो।

आयोगले बुधबार लेखकको पुरक बयान लिएपछि उनीविरुद्धको स्थान हद फुकुवा गरेको हो। आयोगको सचिवालयले बिहीबार गृहमन्त्रालयमार्फत स्थान हद फुकुवा गरिएको जानकारी गराइसकेको छ।

गत असोज १२ गते बसेको आयोगको बैठकले लेखकलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो।

आयोगले सोमबारदेखि लेखकको बयान लिएको थियो। बयान प्रक्रिया सकिएसँगै आयोगले स्थान हद फुकुवा गरेको जनाएको छ। आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ। त्यसका लागि आवश्यक पत्राचार गर्ने तयारी भइरहेको आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।