काठमाडौँ । पछिल्ला केही दिनयता नेपाली बजारमा लगातार बढिरहेको सुन र चाँदीको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार कायम गरेको छ । यो मूल्य मङ्गलबारको तुलनामा प्रतितोला एक हजार १०० ले कम हो । मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि आज उल्लेख्य गिरावट आएको छ । मङ्गलबार प्रतितोला चार हजार ५९० मा कारोबार भएको चाँदी आज १२० ले घटेर चार हजार चार सय ७० कायम भएको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।