लोड हुँदैछ...

मेनु

६४ दलले बुझाए समानुपातिक सूची

६४ दलले बुझाए समानुपातिक सूची

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारहरूको बन्द सूची बुझाउने राजनीतिक दल र तिनीहरूको निर्वाचन चिह्नको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार कूल ६४ वटा राजनीतिक दलले बन्द सूची बुझाएका छन्।

निर्वाचन कार्यतालिका अनुसार पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने समय निर्धारण गरिएको थियो। सोमबार राति अबेर र आज (मंगलबार) बिहानसम्म दलहरूले आयोगको कार्यालयमा पुगेर बन्द सूची पेस गरेका थिए।

आयोगले प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ गतेदेखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको जनाएको छ। छानबिनका क्रममा उम्मेदवारहरूको योग्यता र समावेशी समूहको मापदण्ड मिले –नमिलेको जाँच गरिने प्रवक्ता भट्टराईले जानकारी दिए । त्रुटि देखिएका सूचीहरू सच्याउन आयोगले दलहरूलाई समय उपलब्ध गराउनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds