लोड हुँदैछ...

मेनु

सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो।

यो गिरावटसँगै आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ। मंगलबार चाँदी तोलामा ३०५ रुपैयाँले घटेर ४ हजार ९३५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनको असर नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।