झापा । झापाको झापा गाउँपालिकामा पानी भरिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्लाको झापा गाउँपालिका वडा नं। २ सडकबारी बस्ने दिनेश कँडेलका ३ वर्षीय छोरा दिवांस कँडेलको डुबेर मृत्यु भएको हो। आइतबार दिउँसो करिब २स्२५ बजेको समयमा आफ्नै घर अगाडि खेलिरहेका बालक नजिकै रहेको पानी भरिएको खाल्डोमा खसेका थिए।
खाल्डोमा डुबेर गम्भीर घाइते भएका बालकलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले दिउँसो ३स्२२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक बालकको शव अहिले सोही अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।