काठमाडौं । अघिल्लो दिन उच्च अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर २ हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज ३३७ कम्पनीका १ करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री भएका छन् । जसबाट कुल ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा समूहगत उपसूचकतर्फ विकास बैंक र म्युचुअल फण्ड बाहेक बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।बजार घटे पनि एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । अर्कातर्फ, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको २३ करोड २ लाख ४१ हजार ९३६ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै, कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको ३ लाख २ हजार ९ सय कित्ता शेयर किनबेच भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।