लोड हुँदैछ...

मेनु

नेकपाका पूर्व सांसद र मन्त्रीहरू समानुपातिक सूचीमा नपर्ने, नयाँ अनुहारुलाई प्राथमिकता

नेकपाका पूर्व सांसद र मन्त्रीहरू समानुपातिक सूचीमा नपर्ने, नयाँ अनुहारुलाई प्राथमिकता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा यसअघि सांसद भइसकेका वा मन्त्री बनेका कसैलाई पनि नराख्ने निर्णय गरेको छ । पार्टीको शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार यसअघि प्रत्यक्ष वा समानुपातिक दुवै प्रणालीबाट निर्वाचित भइसकेका व्यक्तिहरूलाई यसपटक समानुपातिकको सूचीमा सिफारिस गरिने छैन ।

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने आज (सोमबार) अन्तिम दिन हो । अन्तिम समयमा आएर पार्टीले कडा मापदण्ड तय गरेको हो । यो निर्णयसँगै प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गरिसकेका पुराना नेताहरू यसपटक समानुपातिकको दौडबाट बाहिरिएका छन् ।

नेकपाले दिएको जानकारीअनुसार पार्टीले यसपटक नयाँ अनुहारलाई अवसर दिने नीति लिएको छ । नयाँ र सक्षम नेतृत्वलाई अघि बढाउन र पार्टीभित्र अवसरको न्यायोचित वितरण गर्नका लागि विगतमा राजकीय भूमिका र अवसर पाइसकेकाहरूलाई सूचीमा नसमेटिएको नेताहरूले बताएका छन् ।

आज साँझसम्म निर्वाचन आयोगमा बुझाइने बन्दसूचीमा सबै नयाँ अनुहार मात्र रहने र यसले पार्टीभित्र नयाँ ऊर्जा थप्ने विश्वास नेतृत्वले लिएको छ । यो निर्णयसँगै यसअघि मन्त्री वा सांसद बनेर राजकीय पदको अनुभव लिइसकेका नेताहरूका लागि समानुपातिकबाट संसद् छिर्ने ढोका यसपटकका लागि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds