काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक आज जाँचबुझ आयोग २०८२ को कार्यालय जाने भएका छन् । भदौ २३ र २४ गते घटेको घटनाको सम्बन्धमा सत्यतथ्य बुझ्न गठित आयोगमा उनी आफ्नो धारणा र जानकारी गराउन जान लागेका हुन् ।
लेखक आज दिउँसो १२ बजे आयोगको कार्यालय पुगेर उक्त घटनाका बारेमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । तत्कालीन समयमा गृह प्रशासन सम्हालेका नेता लेखकसँग आयोगले घटनाको पृष्ठभूमि र विवरणबारे जानकारी लिन लागेको हो ।
आयोगसँगको छलफल पश्चात् लेखकले आजै दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्नेछन् । सो अवसरमा उनले उक्त घटना र आयोगमा भएको छलफलका बारेमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।
भदौ २३ र २४ गतेको घटनालाई लिएर सरकारले सत्यतथ्य छानबिनका लागि जाँचबुझ आयोग २०८२ गठन गरेको थियो, जसले अहिले सरोकारवाला र प्रत्यक्षदर्शीहरूसँग बयान र जानकारी लिने काम गरिरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।