लोड हुँदैछ...

मेनु

समानुपातिक सूची टुङ्ग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

समानुपातिक सूची टुङ्ग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबार)पनि बस्ने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा बिहान ११ बजे बैठक बोलाइएको छ । यसअघि आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा महाधिवेशन र आसन्न निर्वाचनका विषयमा छलफल भएको थियो ।

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची पेस गर्न उपलब्ध गराएको समयसीमा आज सकिँदै छ । केही दलले आइतबार नै सूची बुझाए पनि नेपाली कांग्रेससहितका प्रमुख दलहरूले भने अझै नामावली टुङ्ग्याउन सकेका छैनन् । गत बुधबारदेखि निरन्तर बैठक बसे पनि आकांक्षीहरूको व्यवस्थापन र क्लस्टर मिलाउनुपर्ने भएकाले कांग्रेसलाई सूची तयार पार्न सकस भइरहेको छ ।

यसपटकको निर्वाचनमा समानुपातिकतर्फ नयाँ र युवा अनुहारलाई प्राथमिकता दिने कांग्रेसले दाबी गरेको छ । आजको बैठकले उम्मेदवारहरूको अन्तिम नामावली तय गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । आयोगले आज कार्यालय समयभित्र बन्दसूची बुझाइसक्नुपर्ने समयसीमा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds