लोड हुँदैछ...

मेनु

नेकपाको समानुपातिकमा सिफारिस अभिमन्यु, ऋषि, स्मृति, दिपेश र अंकिता

नेकपाको समानुपातिकमा सिफारिस अभिमन्यु, ऋषि, स्मृति, दिपेश र अंकिता

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी, मोरङ जिल्ला कार्य समितिले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।

जिल्ला समितिले गठन गरेको कार्यदलले निर्वाचन क्षेत्र स्तरबाट लोकतान्त्रिक विधिमार्फत संकलन गरेका सुझावका आधारमा युवा तथा नव युवाहरूलाई विशेष प्राथमिकता दिँदै नामावली केन्द्रमा पठाएको हो।

पार्टीले सार्वजनिक गरेको सिफारिस सूचीमा ‘नव युवा’ र ‘युवा’ समूहबाट विभिन्न समुदाय र वर्गका प्रभावशाली युवा पात्रहरूलाई समेटिएको छ।

पार्टीको ‘नव युवा’ कोटाबाट ऋषि राई, अभिमन्यु यादव र दिपेश परियारको नाम सिफारिस गरिएको छ। समावेशी सिद्धान्तलाई आत्मसात गर्दै युवा नेतृत्वलाई अगाडि बढाउने उद्देश्यले उनीहरूलाई सिफारिस गरिएको पत्रमा उल्लेख छ।

यसैगरी, नव युवा महिलातर्फबाट स्मृति तिम्सिना र अंकिता आलेमगरको नाम सिफारिस भएको छ। पार्टीले युवा महिलाहरूको नेतृत्व विकास र प्रतिनिधित्वलाई सुनिश्चित गर्न यी नामहरू अघि सारेको जनाएको छ । त्यस्तै, अल्पसंख्यक समूहबाट सूर्य मुडियारीको नाम पनि सिफारिसमा परेको छ।

जिल्ला संयोजक चन्द्र वीर राई र कुल प्रसाद साम्बाद्वारा सार्वजनिक सूचीमा खस आर्य, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, दलित र अल्पसंख्यक समुदायका साथै युवा शक्तिलाई सन्तुलित रूपमा समेटिएको दाबी गरिएको छ। पार्टीले आफ्ना सक्रिय र आशालाग्दा युवा कार्यकर्ताहरूलाई संसदीय राजनीतिमा अवसर दिन यो सिफारिस गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds