लोड हुँदैछ...

मेनु

नेकपाको समानुपातिक उम्मेद्वार टुंग्याउने जिम्मा प्रचण्ड र माधवलाई

नेकपाको समानुपातिक उम्मेद्वार टुंग्याउने जिम्मा प्रचण्ड र माधवलाई

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक उम्मेदवार टुङ्ग्याउने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई दिइएको छ ।

नेकपाले एकता प्रक्रियामा आएका सबै घटकलाई मिलाउने र निर्वाचन आयोगले दिएको मापदण्ड बमोजिम उम्मेदवार छनोट गर्ने जिम्मा प्रचण्ड र नेपाललाई दिएको नेता शक्ति बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार केहि जिल्ला बाहेक सबै ठाउँबाट उम्मेदवार सिफारिस भएर केन्द्रमा आएको र त्यसलाई अन्तिम रूप दिएर भोलि निर्वाचन आयोगमा बन्दसूची बुझाउने बताए ।

‘उम्मेदवार छनोट गर्ने जिम्मा संयोजक र सहसंयोजकलाई दिइएको छ । प्राय सबै जिल्लाबाट उम्मेदवार सिफारिस भएर आएका छन् । केही जिल्लाको बाँकी छ । सबै जिल्लाको आएपछि शीर्ष नेतृत्वले अन्तिम रूप दिनुहुन्छ । हामी भोलि नै निर्वाचन आयोगलाई बन्दसूची बुझाउँछौँ’, बस्नेतले भने ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फ ११० जना उम्मेदवारको बन्दसूची रितपूर्वक बुझाउन आयोगले भोलिसम्मको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds