लोड हुँदैछ...

मेनु

एमालेले भोली समानुपातिक बन्द सूची आयोगमा बुझाउने

एमालेले भोली समानुपातिक बन्द सूची आयोगमा बुझाउने

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

आइतबार केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै एमालेका सचिव महेश बस्नेतले यस्तो बताएका हुन् । बस्नेतले भनेका छन्, ‘बैठकका अध्यक्षबाट प्रस्तुत सबै नाममा आएका सुझाव समेटेर फेरि उहाँले नै टुङ्गाएर भोलि आयोगमा पेस गर्ने निर्णय भयो ।’

आइतबार बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गरेको छ । अध्यक्ष ओलीले आवश्यक ठानेमा उक्त सूचीमा केही करेक्सन हुनसक्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds