लोड हुँदैछ...

मेनु

उपसभामुख इन्दिरा रानामगरद्वारा सरकारी गाडी फिर्ता, ट्याक्सी चढेर बाहिरिइन्

उपसभामुख इन्दिरा रानामगरद्वारा सरकारी गाडी फिर्ता, ट्याक्सी चढेर बाहिरिइन्

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले आफ्नो कार्यकाल सकिएसँगै आफूले प्रयोग गर्दै आएको सरकारी सुविधाको सवारी साधन संसद् सचिवालयलाई फिर्ता गरेकी छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची बुझाउने प्रक्रिया सुरु भएसँगै कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाका कारण उनले आइतबार गाडी फिर्ता गरेकी हुन् । उनले आफूले चढ्दै आएका दुईवटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई हस्तान्तरण गरिन् । सरकारी गाडी बुझाएपछि उनी सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिएकी थिइन् ।
नेपालको संविधानअनुसार, प्रतिनिधिसभाका सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म रहने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले समानुपातिकतर्फको बन्दसूची बुझाएपछि उम्मेदवारी दाखिला भएको मानिने उल्लेख गरेको छ ।

निर्वाचन आयोगले आज (आइतबार) र भोलि (सोमबार) का लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकेको छ । सोही कानुनी र संवैधानिक प्रावधानलाई पालना गर्दै रानाले पदबाट बिदा लिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।