विराटनगर । नेपाली कम्युनिस्ट पार्टी मोरङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नामावलीलाई अन्तिम रुप दिई केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
जिल्ला कार्यदलले यसअघि सार्वजनिक भएको ८० जनाको प्रारम्भिक सूची केवल सुझाव मात्र रहेको प्रस्ट पार्दै अहिले पठाइएको नामावली नै जिल्लाको आधिकारिक र अन्तिम सिफारिस भएको जनाएको छ ।
जिल्लाका २ निर्वाचन क्षेत्रबाट सर्वसम्मत भएर आएको सुझाव अनुसार क्षेत्र नम्बर ४ र ५ बाट एक-एक जनाको नाम सिफारिस गरिएको छ । यस्तै १ र २ बाट केन्द्रको परिपत्र अनुसार ५-५ जनाको नाम पठाइएको छ । क्षेत्र नम्बर ३ बाट ६ जना र ६ बाट ७ जनाको नाम पठाइएको छ । क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र ५ बाट शिवकुमार मण्डलको एकल सिफारिस भएको छ।
जिल्लाले निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कुलप्रसाद साम्बा लिम्बू (कुशल), विषेन्द्र चेम्जोङ र उपेन्द्र घिमिरेलाई सिफारिस गरेको छ । सोही क्षेत्रबाट महिला उम्मेदवारका रूपमा कल्पना राई र नवयुवाका तर्फबाट कोसिस सुवेदीको नाम पठाइएको छ ।
क्षेत्र नम्बर २ मा प्रकाश पौडेल, चन्द्रवीर राई, जुब्बा सोरेन र प्रेम नारायण थापाका साथै नवयुवा क्लस्टरबाट निर्मल भण्डारी सिफारिसमा परेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ बाट सावित्री कुमार काफ्ले, डा.देवमान साम्बा हाम्फे, लालबहादुर सुस्लिङ मगर, चन्द्रकला सुब्बा र योगेन्द्र लिम्बूको नाम सिफारिस गरिएको छ भने चन्द्रबहादुर गुरुङलाई विशेष सम्भावित उम्मेदवारका रूपमा राखिएको छ ।
त्यसैगरी, क्षेत्र नम्बर ६ मा उपेन्द्र राय, दीपक कुमार ढकाल, सोनेलाल राजवंशी र वसिम आलम उम्मेदवारका लागि सिफारिस भएका छन् भने महिलातर्फ सन्जुकुमारी शाहको नाम समावेश छ ।यस्तै मो. परवेज आलम र विनोद घिमिरेले पनि नाम छ । सो क्षेत्रबाट प्रदेश सांसद जीवन आचार्यको पनि नाम आएकोमा उनैले नाम हटाउन भनेका थिए ।
जिल्लाले समानुपातिक तर्फ ३२ जनाको नाम केन्द्रमा पठाएको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि पार्टीले विभिन्न समावेशी क्लस्टर अनुसार नामावली तयार पारेको छ ।
खस आर्य पुरुषतर्फ मेदनी सेडाई र राधाकृष्ण पोखरेललाई सिफारिस गरिएको छ भने सोही समूहको महिलातर्फ सुशिला घिमिरे, लक्ष्मी न्यौपाने, सीता कडरीया, अन्जना पोखरेल, लिला कटुवाल(रञ्जु) र नानीमैया कार्की चौलागाईको नाम समावेश छ । आदिवासी जनजातितर्फ पुरुषमा प्रेम मिभक, बल बहादुर धिसिङ, मानप्रसाद लिम्बू र प्रेम लावती सिफारिस भएका छन् भने महिलामा ममता राजवंशी, लक्ष्मी राजवंशी, कुमारी राई (कन्चन कुलुङ), तारा ओझा राजवंशीको नाम रहेको छ ।
थारु समुदायबाट पुरुषतर्फ पक्कुलाल चौधरी र महिलातर्फ सुनिता चौधरीको नाम सिफारिसमा परेको छ । मधेशी क्लस्टरबाट भोगेन्द्र यादवलाई सिफारिस गरिएको छ ।
मुस्लिम समुदायबाट पुरुषतर्फ नौसाद परवेज तथा महिलातर्फ तवसुम सिद्धिकीको नाम पठाइएको छ । दलित क्लस्टरमा पुरुषतर्फ खेमराज नेपाली, मधेशी दलितबाट अर्जुन ऋषिदेव र युवा कपिल सुनुवार सिफारिस भएका छन् भने महिलातर्फ दयावती सरदारको नाम समावेश छ ।
युवा तथा नवयुवा क्लस्टरलाई विशेष ध्यान दिँदै ऋषि राई, अभिमन्यु यादव र दिपेश परियारलाई पुरुषतर्फ तथा जेन्जि महिलातर्फ स्मृति तिम्सिना र अंकिता आलेमगरलाई सिफारिस गरिएको छ । अल्पसंख्यक समुदायबाट सुर्य मुडियारी र शिवनारायण महुली मुर्मुको नाम पनि अन्तिम सूचीमा समेटिएको छ ।
जिल्ला पार्टीले राष्ट्रिय सभाको लागि यामबहादुर गजमेर, रामबहादुर कार्की, सेवन्तराज भण्डारी, परशुराम सुवेदी, निर्मला रसाइली र मानबहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
जिल्लाले पठाएको यो आधिकारिक सूचीमाथि अब पार्टीको केन्द्रीय सचिवालयले आवश्यक छलफल गरी उम्मेदवारीको अन्तिम निर्णय गर्नेछ ।
नी





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।