लोड हुँदैछ...

मेनु

आजको मौसम : तराईमा हुस्सु र उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना

आजको मौसम : तराईमा हुस्सु र उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना


काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसममा विभिन्न बदलाव देखिनेछ, जसअनुसार तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने देखिएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातिको समयमा पनि तराईका अधिकांश स्थानमा हुस्सुको प्रभाव रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तराई भूभागमा लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।