विराटनगर । नेपाली कम्युनिष्ट पार्टी संखुवासभाले आगामी फागुन २१ गतेको निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
पार्टीको केन्द्रीय सर्कुलर अनुसार बसेको जिल्ला कमिटीको बैठकले राष्ट्रिय सभा र प्रतिनिधि सभाका लागि सम्भावित उम्मेदवारहरूको टुंगो लगाएको हो । पार्टीका जिल्ला नेताहरू सुमन शाक्य र टेकमान राईद्वारा सार्वजनिक गरिएको विवरण अनुसार राष्ट्रिय सभाका लागि हेमराज घिमिरे र केशर महत्तेको नाम सिफारिस गरिएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि चार जनाको नाम सिफारिस भएको छ । जसमा सरिता थापा, चन्द्र बहादुर न्यौपाने, उमेश कुमार डाँगी र राजेन्द्र कुमार किराँती (जिमी) रहेका छन् ।
समानुपातिक प्रणालीतर्फ इन्दिरा मिश्रा (कार्की), लाखमान तामाङ र झलक गुरुङको नाम सिफारिस गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।