लोड हुँदैछ...

मेनु

शनिबार दिनभर तराईमा हुस्सु लाग्ने

शनिबार दिनभर तराईमा हुस्सु लाग्ने

काठमाडौ । देशभर पश्चिमी वायूको आंशिक प्रभावका कारण आजतराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

त्यस्तै राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।