विराटनगर । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि गत बुधबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भई उच्च रेकर्ड कायम भएको थियो । बिहीबार केहि घटेको सुनको मूल्य शुक्रबार बढेर प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला १ हजार २ सय रुपैयाँ बढी हो ।
बिहीबार सुन प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको हो ।
यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५६५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १६५ रुपैयाँले वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ५१० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।