काठमाडौँ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।
बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो । तर, बिहीबार छापावाल सुनको मूल्य घटेर तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ४ हजार ४२० रुपैयाँ थियो । बिहीबार भने चाँदीको मूल्य घटेर तोलामा ४ हजार ४०० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।