विराटनगर । विराट ट्रेड एक्स्पोमा अर्थ वाणिज्यसँग सम्बन्धित विविध विषयमा भोलि (बिहीबार) बाट थिमेटिक सेसन सञ्चालन हुंदैछ ।
एक्सपो स्थलमा विभिन्न विषयमाथि हरेक दिन विज्ञहरुको प्रस्तुति र त्यसमाथि छलफल हुने आयोजक मोरङ उद्यग व्यापार संघले जनाएको छ ।
पहिलो दिन बिहीबार ‘महिला उद्यमशीलता, चुनौती र सम्भावना’ विषयमा छलफल हुनेछ । यसमा प्रमुख वक्ता विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की रहेकी छिन् ।
दोस्रो सत्रमा ‘मेरो आवाज, मेरो कथा’ शीर्षकमा छलफल हुनेछ । तेस्रो सत्र ‘महिला उद्यमशीलता ः वर्तमानको आवश्यकता’मा केन्द्रीत हुनेछ ।
एक्सपोका संयोजक अनिल शारडाका अनुसार हरेक दिन फरक विषयमा छलफल हुने संघले जनाएको छ । यसमा आइटी, डिजिटल मार्केटिङ, वर्तमान कर प्रणालीमा व्यापारको वातावरण, पर्यटन उधम र अवसर, साना तथा मझौला उद्यम, नवप्रवर्तन उद्यम, टिभीटी स्नातकहरूलाई रोजगारीमा जोडी रोजगारी सिर्जना, नवप्रवर्तन, लगानी र समावेशी वृद्धि मार्फत व्यवसाय निर्माण जस्ता विषय छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।