लोड हुँदैछ...

मेनु

सुन र चाँदीको मूल्यमा नयाँ कीर्तिमान : आज हालसम्मकै उच्च, तोलाको २ लाख ६८ हजार १०० पुग्यो

सुन र चाँदीको मूल्यमा नयाँ कीर्तिमान : आज हालसम्मकै उच्च, तोलाको २ लाख ६८ हजार १०० पुग्यो


काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ। यसै क्रममा आज बुधबार पनि दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रूपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला चार हजार ४२० रूपैयाँ पुगेको छ। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।
यो साताको सुरुवातदेखि नै सुनचाँदीको मूल्यमा लगातार उछाल देखिएको छ। गत आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५८ हजार ३०० र चाँदी चार हजार १०५ मा कारोबार भएको थियो। सोमबार दुवै धातुको मूल्य बढ्दै सुन दुई लाख ६१ हजार ७०० र चाँदी चार हजार २३५ पुग्यो। यस्तै, मंगलबार पनि भारी वृद्धि भई सुन दुई लाख ६७ हजार २०० र चाँदी चार हजार २५५ मा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।