विराटनगर । सरस्वती स्कुल र सत्यनारायण स्कुल चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको फाइनलमा प्रवेश गरका छन् ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको पहिलोे सेमिफाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १४.२ बलमा सवै विकेट गुमाई ७२ रनको सामान्य योगफल तयार पारेको थियो । अर्किडका अभय कामतले १६ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच प्रशान्त यादवले ४ ओभरमा किपायती बलिङ गर्दै १० रन दिए ७ विकेट लिए ।
जवाफमा ७३ रनको लक्ष पछ्याएको सरस्वतीले १५.३ बलमा ४ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो । सरस्वतीका प्रशान्त यादवले अविजित २५ रन जोड्दा दिगाम्बर यादवले २२ रनको योगदान दिए । अर्किडका अभय कामतले २ विकेट लिए ।
दोस्रो सेमिफाइनल खेलमा सत्यनारायण स्कुलले ग्रिनपिस स्कुललाई ३३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १४० रनको योगफल तयार पारेको थियो । सत्यनारायणका मनिस कामतले ३२ रन बनाउँदा सागर यादवले अविजित ३१ रनको योगदान दिए । ग्रिनपिसका महमद समिमले २ विकेट लिँदा मिराज शेखले पनि २ लिए ।
जवाफमा १४१ रनकोे लक्ष पाएको ग्रिनपिसले पुरै ओभर खैल्दै ८ विकेट गुमाइ १०७ रनमा मात्र सिमित भयो । ग्रिनपिसका सिोहेव आलमले ४४ रनको योगदान दिए । सत्यनारायणका प्लेयर अफ म्याच सागर यादवले ४ ओभरमा ३७ रन दिए ५ विकेट लिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।