लोड हुँदैछ...

मेनु

अन्तरस्कूल क्रिकेटमा ग्रिनपिस र सरस्वती सेमिफाइनलमा प्रवेश

अन्तरस्कूल क्रिकेटमा ग्रिनपिस र सरस्वती सेमिफाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा जारी चौथो विराटनगर हव अन्तरस्कूल क्रिकेट प्रतियोगितामामा ग्रिनपिस स्कूल र सरस्वती स्कूल विजयी भइ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा ग्रिनपिस स्कूलले ग्रिनल्याड स्कूललाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ दशमलव २ बलमा सवै विकेट गुमाई ९२ रनको योगफल तयार पारेको थियो । ग्रिनल्याण्डका प्रिन्स यादवले १९ रनको योगदान दिए । ग्रिनपिसका प्लेयर अफ म्याच मेराज शैखले ३ विकेट लिँदा महमद समिमले पनि ३ विकेट लिए ।

जवाफमा ९३ रनको लक्ष पछ्याएको ग्रिनपिसले १० दशमलव ५ बलमा ५ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो । ग्रिनपिसका महमद मफुजले सर्वाधिक १८ रनको योगदान दिए । ग्रिनल्याण्डका इवान राईले २ विकेट लिए ।

आइतबार नै भएको दोस्रो खेलमा सरस्वती स्कुलले आदर्श स्कूललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभरको खेलमा १४ दशमलव ५ बलमा सवै विकेट गुमाई ५७ रनको झिनो योगफल तयार पारेको थियो । आदर्शका आरिफ रैनले सर्वाधिक १४ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच सुरज मण्डलले सर्वाधक ४ विकेट लिए ।

जवाफमा ५८ रनको झिनो लक्ष पाएको सरस्वतीले ११ दशमलव २ बलमा ४ विकेटको गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । सरस्वतीका विकाश कामतले ११ रनको योगदान दिए । आदर्शका धनन्जय सहनीले ३ विकेट दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।