धनकुटा । कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले किसानका समस्या समाधान गर्न सरकार सक्रिय रहेको बताएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकास्थित घुमाउनेमा रहेको प्रगतिशील कृषि तथा पशुपालन कृषक समूहको अनुगमन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले किसानको समस्या समाधान नगरे देशको समृद्धि सम्भव नहुने बताए । सरकार किसानमैत्री रहेको उनले उल्लेख गरे । वर्तमान सरकार जेनजी आन्दोलनबाट बनेको नागरिक सरकार भएकाले जनताको अपेक्षा अनुसार काम गर्न नै गठन भएको मन्त्री परियारको भनाइ थियो ।
आर्थिक कोरिडोर कार्यालयले मध्यपहाडी राजमार्गकेन्द्रित कृषि र पशुपालनमा वितरण गरेको अनुदानको अनुगमनका क्रममा मन्त्री परियारले जनताको मुखबाटै गुनासो सुन्न र आफ्नै आँखाले देख्नका लागि घरदैलोमा आएको र जनतालाई बढीभन्दा बढी सहुलियत दिने प्रतिबद्धता व्यक्त गरे । किसानलाई सिजन अनुसार आवश्यक पर्ने मलखाद, बिउबिजन र बजार व्यवस्थापनको काम भइरहेको उनले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।