लोड हुँदैछ...

मेनु

विराटनगरको हिमालय रोडमा खाना महोत्सव

विराटनगरको हिमालय रोडमा खाना महोत्सव

विराटनगर । विराटनगरको हिमालय रोडमा खानाका स्टलहरुका साथ पाँचौँ सडक महोत्सव आयोजना हुने भएको छ।

आउँदो माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न जातजातिका परम्परागत खानाका परिकार राखिने छ । महोत्सवमा खानाका स्टलहरूका साथै लाईभ म्युजिक, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने आयोजक मञ्जिना मुभिज क्रिएसनले जनाएको छ ।

महोत्सवबारे जानकारी दिँदै आयोजक मञ्जिना मुभिज क्रिएसनका प्रतिनिधि जतिन ताम्राकारले विभिन्न जातजातिको मौलिक स्वाद, कला र संस्कृतिलाई एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।