विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामामा आदर्श स्कुल र सरस्वती स्कुल विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो खेलमा आदर्श स्कुलले गौतमबुद्ध स्कुललाई ६१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाइ १५२ रनको योगफल तयार पारेको थियो । आदर्शका आतिफ रैनले ३७ रनको योगदान दिए । गौतमबुद्धका सिद्धार्थ राजवंशीले ३ विकेट लिँदा कोशिक साहले पनि ३ विकेट लिए ।
जवाफमा १५३ रनको लक्ष पछ्याएको गौतमबुद्धले १७.५ बलमा सवै विकेटको क्षतिमा ९१ रनमा सीमित भयो । गौतमबुद्धका सिद्धार्थ राजवंशीले सर्वाधिक २८ रनको योगदान दिए । आदर्शका प्लेयर अफ म्याच गोरभ रायले ४ विकेट लिँदा नन्दनल झाले ३ विकेट लिए ।
दोस्रो खेलमा सरस्वती स्कुलले विनायक स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई ४२ रनको झिनो योगफल तयार पारेको थियो । विनायकका अमन पोद्धारले सर्वाधिक १३ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच दिगाम्बर यादवले सर्वाधिक ४ विकेट लिए ।
जवाफमा ४३ रनको झिनो लक्ष पाएको सरस्वतीले ७ ओभरमा २ विकेटको गुमाइ सो विजयी लक्ष भेट्टाएको थियो । सरस्वतीका विकाश कामतले अविजित १६ रनको योगदान दिए । विनायकका शिभम पासवानले १ विकेट दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।