लोड हुँदैछ...

मेनु

कोशी प्रदेशबाट ६० जनाको प्रारम्भिक सूची सार्वजनिक

एमालेबाट संविधानसभा सांसद बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

एमालेबाट संविधानसभा सांसद बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कोशी प्रदेशबाट उम्मेदवार बन्न सक्ने ६० जनाको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । आन्तरिक छनोट प्रक्रिया अन्तर्गत पार्टीले विभिन्न जातीय र क्षेत्रीय क्लस्टरहरूलाई समेट्दै यो सूची बाहिर ल्याएको हो ।

रास्वपाको यस सूचीमा सबैभन्दा चर्चाको विषय संविधानसभा सदस्य राज्यलक्ष्मी गोल्छाको इन्ट्री बनेको छ । नेकपा एमालेको तर्फबाट संविधानसभामा समानुपातिक सांसद बनेकी विराटनगरकी गोल्छा त्यसबेला ‘पैसा खर्च गरेर सांसद बनेको’ आरोपका कारण निकै विवादमा तानिएकी थिइन् ।

त्यसबेला एमालेका नेतालाई सात करोड रुपैया बाँडेको भनाइ सार्वजनिक गरेपछि उनी विवादमा तानिएकी थिइन् । उनै सांसद् राज्यलक्ष्मी गोल्छालाई सुनसरीको इटहरीमा आयोजना गरिएको एउटा कार्यक्रममा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले सम्मान गरेका थिए । एमालेले त्यसबेला उनलाई मधेसी महिलाको कोटामा समानुपातिकमा सभासद् बनाएको थियो ।

आफूलाई परम्परागत राजनीतिक दलभन्दा फरक र सुशासनको पक्षधर दाबी गर्ने रास्वपाले तिनै विवादास्पद पृष्ठभूमिकी व्यवसायिक घरानाकी गोल्छालाई मधेसी क्लस्टरबाट उम्मेदवारको सूचीमा राखेपछि राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।

पार्टीले सार्वजनिक गरेको नामावलीमा समावेश उम्मेदवारहरूसँग यही पुस ५ गते सातै प्रदेशमा छलफल गर्ने कार्यक्रम तय गरेको छ । यस्तै, पुस ६ र ७ गते सम्बन्धित प्रदेशमा घरदैलो कार्यक्रम समेत सञ्चालन गरिने रास्वपाले जनाएको छ ।

कोशी प्रदेशबाट समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची (नाम, क्लस्टर र जिल्ला):

१. दोर्जे सुशील शेर्पा, आदिवासी जनजाति, सोलुखुम्बु
२. अख्तर हुसेन, मुस्लिम, सुनसरी
३. भक्त नारायण श्रेष्ठ, आदिवासी जनजाति, संखुवासभा
४. महेन्द्र विक्रम थाम्सुहाङ, आदिवासी जनजाति, पाँचथर
५. गीता प्रसाद अधिकारी, खस आर्य, झापा
६. प्रेमलाल चौधरी, थारु, मोरङ
७. सन्तोष मोक्तान, आदिवासी जनजाति, इलाम
८. कृष्ण कुमारी घिमिरे श्रेष्ठ, आदिवासी जनजाति, उदयपुर
९. सत्यकला राई, आदिवासी जनजाति, खोटाङ
१०. कृष्ण बहादुर निरौला, खस आर्य, मोरङ
११. डम्बर बहादुर खड्का, खस आर्य, तेह्रथुम
१२. देव कुमारी भण्डारी, खस आर्य, सुनसरी
१३. बिबेक तामाङ, आदिवासी जनजाति, झापा
१४. गृष्मा थापा, खस आर्य, उदयपुर
१५. आयुष मानन्धर, आदिवासी जनजाति, मोरङ
१६. सीता विश्वकर्मा, दलित, झापा
१७. कुन्दन मुर्मू, आदिवासी जनजाति, झापा
१८. चन्द्र राई, आदिवासी जनजाति, मोरङ
१९. लीला खड्का, खस आर्य, झापा
२०. सिर्जना श्रेष्ठ, आदिवासी जनजाति, सुनसरी
२१. तारा प्रसाद आचार्य, खस आर्य, इलाम
२२. ऋषिधन थुलुङ राई, आदिवासी जनजाति, सोलुखुम्बु
२३. सुरेश कुमार श्रेष्ठ, आदिवासी जनजाति, मोरङ
२४. दिनेश कुमार लम्साल, खस आर्य, सुनसरी
२५. दावा शेर्पा, आदिवासी जनजाति, ताप्लेजुङ
२६. प्रेम राज ढकाल, खस आर्य, भोजपुर
२७. समिता आचार्य, खस आर्य, भोजपुर
२८. हर्क बहादुर कार्की, खस आर्य, सोलुखुम्बु
२९. अम्बर बहादुर तामाङ, आदिवासी जनजाति, उदयपुर
३०. शोभा कार्की, खस आर्य, ओखलढुंगा
३१. सृष्टि भट्टराई, खस आर्य, सुनसरी
३२. निस्मा कोइराला, खस आर्य, मोरङ
३३. भीम बहादुर लम्जेल, दलित, झापा
३४. छत्र बहादुर विश्वकर्मा, दलित, ताप्लेजुङ
३५. बिमला बस्नेत, खस आर्य, मोरङ
३६. दुर्गा प्रसाद न्यौपाने, खस आर्य, ताप्लेजुङ
३७. पवन शाह, मधेसी, मोरङ
३८. लेकिश कुमार माझी, आदिवासी जनजाति, झापा
३९. रुक्मणि भारती, खस आर्य, सुनसरी
४०. सुदन कुमार श्रेष्ठ, आदिवासी जनजाति, सुनसरी
४१. जितन राई, आदिवासी जनजाति, सुनसरी
४२. प्रकाश चन्द्र परियार दर्जी, दलित, सुनसरी
४३. नारायण प्रसाद घिमिरे, खस आर्य, झापा
४४. सम्झना पण्डित, मधेसी, मोरङ
४५. राज्यलक्ष्मी गोल्छा, मधेसी, मोरङ
४६. भुपेन्द्र प्रधान, आदिवासी जनजाति, मोरङ
४७. अनिता नेपाली, आदिवासी जनजाति, झापा
४८. शान्ति माया न्यौपाने भट्टराई, खस आर्य, झापा
४९. मनोज राजवंशी, आदिवासी जनजाति, झापा
५०. रोहित न्यौपाने, खस आर्य, झापा
५१. निशा मेहता, मधेसी, सुनसरी
५२. विन्दु सिटौला, खस आर्य, झापा
५३. शरद जोशी, मधेसी, झापा
५४. निर्मला खिम्दिङ, आदिवासी जनजाति, ताप्लेजुङ
५५. जोशना राजवंशी, आदिवासी जनजाति, झापा
५६. भुपाल भण्डारी, खस आर्य, झापा
५७. रश्मी अधिकारी, खस आर्य, मोरङ
५८. मेघना श्रेष्ठ, आदिवासी जनजाति, सुनसरी
५९. मिलन लिम्बु, आदिवासी जनजाति, इलाम
६०. रमेश प्रसाईं, खस आर्य, ताप्लेजुङ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds