विराटनगर । अध्यक्ष केपी ओलीसहित उनको पक्षका अधिकांश नेताहरु भारी मतसहित नेकपा एमालेको केन्द्रीय समितिमा निर्वाचित हुँदा पदाधिकारीको उम्मेदवार रहेका दुई जना भने केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।
ओली समूहबाट उपाध्यक्षमा उम्मेदवार रहेका गुरु बराल र उपमहासचिवको उम्मेदवार रहेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन्।
एमालेमा पदाधिकारीको उम्मेदवार हुने व्यक्ति स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने प्राबधान छ । त्यसअनुसार उनीहरु दुबै खुल्लातर्फ केन्द्रीय सदस्यको पनि उम्मेदवार थिए । तर, दुबै जना पराजित भएका हुन् ।
बरालले उपाध्यक्षमा ईश्वर पोखरेल समूहका गोकर्ण विष्ट विजयी बन्दा पराजित भएका थिए भने रिमाल उपमहासचिवमा पोखरेल समूहका योगेश भट्टराई विजयी बन्दा पराजित भएका थिए । केन्द्रीय सदस्यमा पनि बरालले ७५४ र रिमालले ६३० मत पाएर पराजित भएका हुन् ।
उनीहरु दुबै एमाले अध्यक्ष ओलीका निकट विश्वासपात्र हुन् । रिमाल ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए भने बराललाई सुवास नेम्बाङको निधनपछि खाली भएको उपाध्यक्ष पदमा ओलीले मनोनित गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।