विराटनगर । नेकपा एमालेको अध्ययक्षमा केपी ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई भारी मतान्तरले पछि पार्दै ओली विजयी भएका हुन् ।
ओलीले १ हजार ६६३ मतसहित विजयी हुँदा ईश्वर पोखरेलको ५६४ मत आएको छ । ओलीले पोखरेललाई १ हजार ९९ मतान्तरले पराजित गरेका हुन् ।
यसैगरि महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । पोखरेलले १ हजार २२८ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरे ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।