लोड हुँदैछ...

मेनु

अध्यक्षमा ओलीले मतान्तर फराकिलो पार्दै, महासचिवमा शंकर ८७ मतले अगाडि

अध्यक्षमा ओलीले मतान्तर फराकिलो पार्दै, महासचिवमा शंकर ८७ मतले अगाडि

विराटनगर । नेकपा एमाले को ११ औँ महाधिवेशनअन्तर्गत जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा अध्यक्षमा केपी शर्मा ओलीले मतान्तर फराकिलो बनाएका छन् ।

ओलीले ८४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत मात्र पाएका छन्।

महासचिव पदमा शंकर पोखरेलले ६१३ मतसहित अग्रता बनाएका छन् । पोखरेल ओली समूहका हुन् । पोखरेल समूहका भने सुरेन्द्रप्रसाद पाण्डेले ५२८ मत प्राप्त गरेका छन् ।

पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा रोचक बनेको छ। पृथ्वी सुव्वा गुरुङले ९०० मतसहित अग्रस्थान लिएका छन् । विष्णु प्रसाद पौडेलले ८४६, रामबहादुर थापा बादलले ७७४, गोकर्णराज विष्टले ७१३ र रघुजी पन्तले ६१७ मत पाएका छन् । उपाध्यक्षमा पोखरेल समूहका विष्ट पाँच जनाभित्र छन् भने ओली समूहका गुरुप्रसाद बराल पछि परेका छन् । उनले ५८५ मत पाएका छन् । यस्तै उपाध्यक्षका उम्मेदवारहरु बिन्दा पाण्डेले ४७४, परशुराम मेघि गुरुङले ३३४, अरुण नेपालले २२३, टंकप्रसाद कार्कीले १८६ र भीमप्रसाद आचार्यले १४३ मत पाएका छन्।

तीन जना निर्वाचित हुने उपमहासचिव पदमा लेखराज भट्टले ७३४ मतसहित सबैभन्दा अगाडि छन् । योगेश भट्टराईले ७०९ र रघुवीर महासेठले ६८९ मत पाएका छन् । उपमहासचिवमा पनि ओली समूहका विष्णुप्रसाद रिमाललाई पछि पार्दै पोखरेल समूहका भट्टराईले अग्रता लिएका ह्ुन । रिमालले ५४० मत पाएका छन् । उपमहासचिवका अन्य उम्मेदवारहरु आनन्द प्रसाद पोखरेलले ३३४, वैजनाथ चौधरीले २७१ र राजेन्द्रप्रसाद गौतमले १४० मत प्राप्त गरेका छन्।

नौ जना निर्वाचित हुने सचिव पदमा सबै ओली समूहका अगाडि छन् । सबैभन्दा धेरै महेश बस्नेतले ७८३ मत पाएका छन् भने पद्माकुमारी अर्यालले ७७८, छविलाल विश्वकर्माले ७६९, शेरधन राईले ७६७, खगराज अधिकारीले ६८० र हिक्मत कुमार कार्कीले ६७२ मत पाएका छन् । यस्तै यमलाल कडेलले ६२६, राजन भट्टराईले ५८१, भानुभक्त ढकालले ५५२ पाएका छन् । पोखरेल समूहका गोकुलप्रसाद बास्कोटाले ५२८, ठाकुरप्रसाद गैरेले ४६२, रचना खड्काले ४५९, कर्णबहादुर थापाले ४४४, लालबाबु पण्डितले ३९९, अग्निप्रसाद खरेलले ३७७, विनोदप्रसाद ढकालले ३५५, कृष्णगोपाल श्रेष्ठले ३२५, पेम्वा लामाले २५५, पुरुषोत्तम पौडेलले २३० र इन्द्रलाल साप्कोटाले २०९ मत प्राप्त गरेका छन्।

एमालेको ११ औँ महाधिवेशनअन्तर्गत मतगणना अझै जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।