विराटनगर । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनामा केपी शर्मा ओलीले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
मध्यान्ह पौने १२ बजेसम्म भएको मतगणना अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ४८९ मत प्राप्त गरेका छन् भने उनलाई अर्का उम्मेदवार इश्वर पोखरेलले १७७ मतका साथ पछ्याइरहेका छन् ।
महासचिवमा शंकर पोखरेलले ३६४ मत प्राप्त गर्दा सुरेन्द्र पाण्डेलाई ३०२ मत प्राप्त भएको छ ।
यस्तै, उपाध्यक्षमा सबैभन्दा बढी पृथ्वी सुब्बा गुरुङले ३५६, विष्णु पौडेलले ३४९, रामबहादुर थापाले ३०९, गोकर्णराज विष्टले २५६ र रघुजी पन्तले २५३ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।