लोड हुँदैछ...

मेनु

झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

झापामा  जंगली हात्तीको आक्रमणमा परी एक जनाको  मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–४, बाहुण्डाँगीमा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार बाहुण्डाँगीस्थित खड्काडाँडा नजिकैको सडकमा बिहान हिँडिरहेका अन्दाजी ५० देखि ५५ वर्षका पुरुषको हात्तीको आक्रमणमा परी ज्यान गएको हो।

घटना आज बिहान करिब साढे ६ बजे भएको हो। प्रहरीका अनुसार ती पुरुष सडकमा हिँडिरहेका बेला अचानक जंगली हात्तीसँग जम्काभेट भएको थियो। भाग्न नपाउँदै हात्तीले उनलाई सुँडले समातेर जमिनमा पछार्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाले जानकारी दिए।

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। स्थानीय बासिन्दाले उनी बाहुण्डाँगी क्षेत्रमा मागी खाँदै हिँड्ने व्यक्ति भएको बताएका छन्। मृतकको हुलिया र प्रकृतिका आधारमा उनी भारतीय नागरिक हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
प्रहरीले घटनास्थलको मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको डीएसपी लामाले बताए। बाहुण्डाँगी क्षेत्र हात्ती प्रभावित क्षेत्र मानिन्छ, जहाँ बेला–बेलामा यस्ता दुःखद घटनाहरू हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।