लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशनः

सात घण्टामा खस्यो ७२० मत, रातभर हुनसक्छ मतदान

सात घण्टामा खस्यो ७२० मत, रातभर हुनसक्छ मतदान

विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । अपरान्ह ४ः३० बजेसम्म ७ सय २० मत खसेको हो ।

बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो ।

महाधिवेशनका लागि २ हजार ३०० प्रतिनिधि निर्वाचित भएका छन् । मतदानको यति गति कायम रहेको खण्डमा सबैले मतदान गर्न अझै १२ घण्टा लाग्न सक्ने अनुमान गरिएको छ ।

महाधिवेशनबाट नेतृत्व निर्वाचित गर्न ८० ओटा विध्युतीय मेसिनहरु प्रयोग गरिएका छन् । एक पटकमा ८० जनाले मतदान गर्नसक्ने व्यवस्था मिलाइएको भएपनि हरेक व्यक्तिलाई ४० मिनेटसम्म समय लाग्ने भएकोले मतदान सुस्त गतिले अगाडि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds