लोड हुँदैछ...

मेनु

अदुवा चिया : स्वादसँगै स्वास्थ्यका लागि बहुआयामिक फाइदा

अदुवा चिया : स्वादसँगै स्वास्थ्यका लागि बहुआयामिक फाइदा

काठमाडौं । दिनको सुरुवात एक कप चियाबाट गर्ने बानी भएकाहरूका लागि अदुवा चिया स्वादिलो मात्र होइन, स्वास्थ्यका हिसाबले पनि निकै लाभदायक मानिन्छ । अदुवा मिसाइएको चियाले शरीरलाई ताजगी दिने मात्र होइन, पाचनदेखि मानसिक स्वास्थ्यसम्म सकारात्मक प्रभाव पार्ने गर्दछ ।

अदुवाको चिया पिउँदा पाचन क्रियामा सुधार आउने विश्वास गरिन्छ । धेरै खाना खाँदा पचाउन गाह्रो हुने अवस्थामा अदुवाले सहयोग पुर्‍याउने गर्छ । यसले पेटसम्बन्धी समस्या कम गर्नुका साथै पेटमा हुने जलन पनि घटाउने बताइन्छ ।

अदुवामा पाइने भिटामिन, मिनरल्स र अमिनो एसिडले रगतको प्रवाहलाई सन्तुलित बनाउन मद्दत गर्ने गर्छन् । साथै, अदुवाको चियाले शरीरभित्र जम्मा भएका विकार बाहिर निकाल्न सहयोग गर्ने भएकाले छाला सफा हुने र अनुहारमा प्राकृतिक चमक आउने अनुभूति हुने गरेको बताइन्छ ।

मानसिक तनाव कम गर्न पनि अदुवा चिया उपयोगी मानिन्छ । नियमित रूपमा सेवन गर्दा तनाव र थकानमा कमी आउने विश्वास छ । महिलाहरूमा मासिक धर्मका क्रममा देखिने समस्या कम गर्न पनि अदुवा चियाले राहत दिन सक्छ ।

अदुवाको चियामा कागती मिसाएर पिउँदा तौल नियन्त्रणमा समेत सहयोग पुग्ने बताइन्छ । स्वास्थ्यप्रति सचेत रहनेहरूका लागि अदुवा चिया सरल तर प्रभावकारी विकल्पका रूपमा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।