लोड हुँदैछ...

मेनु

नेपालमा भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट चल्ने

नेपालमा भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट चल्ने

विराटनगर । भारतीय रुपैयाँ २०० र ५०० दरका नोटहरु नेपालमा सहज चल्ने वातावरण बनेको छ । मन्त्रिपरिषद्को बैठकले ती दरका नोटहरु २५ हजारसम्म ओसारपसार गर्न पाइने निर्णय गरेपछि सहज चलन हुन सक्ने वातावरण बनेको हो ।

सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले त्यस सम्बन्धमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।