विराटनगर । सोमबार नेपाली बजारमा सुनको मूल्य फेरि नयाँ उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ तोकेको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ५८ हजार ८ सयमा कारोबार भएको थियो । यस दिन १ हजार ९ सय रुपैयाँले बृद्धि भएको हो । गत असोज ३१ मा प्रतितोला २ लाख ५८ हजारको रेकर्ड बनाएको सुनको मूल्य त्यसपछि घटेकोमा फेरि बृद्धि हुन थालेको हो ।
सुनसँगै सोमबार चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेर सोमबार ३ हजार ८७० रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको थियो भने गत शुक्रबार तोकेको उच्चतम ३ हजार ९०५ रुपैयाँको रेकर्डपछि भाउमा उतारचढाव देखिएको छ ।
व्यापार र वैश्विक बजारको चाल, सुनको माग–आपूर्तिको स्थितिलगायत कारणले भाउमा निरन्तर उकाली देखिएको विश्लेषकहरूले उल्लेख गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।