लोड हुँदैछ...

मेनु

इलामको अन्तु डाँडामा पर्यटन प्रवर्द्धन मिनी मेला

इलामको अन्तु डाँडामा पर्यटन प्रवर्द्धन मिनी मेला

इलाम । इलामको सूर्योदय नगरपालिका–५, समालबुङस्थित अन्तु डाँडामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तु पर्यटन प्रवर्द्धन मिनी मेला सुरु भएको छ ।

मेला पुस ६ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार मेला प्रत्येक दिन बेलुका ६ बजेदेखि १० बजेसम्म खुला रहनेछ ।

मेलामार्फत स्थानीय उत्पादन, कला–संस्कृति र पर्यटनलाई एउटै थलोमा प्रस्तुत गरिने लक्ष्य लिइएको छ। मेलामा स्थानीय कफीको प्रदर्शनी, परम्परागत तथा स्थानीय परिकारको प्रवर्द्धन, रोटेपिङ, कोलम्बस, बच्चाका लागि मिनि माउस र रेलजस्ता मनोरञ्जनात्मक सामग्री राखिएको छ। साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको छ।

स्थानीय पर्यटन, कला–संस्कृति र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तुडाँडा युवा क्लबको आयोजनामा मेला सञ्चालन गरिएको हो । अन्तु क्षेत्रको प्राकृतिक सौन्दर्य, सूर्योदय दृश्य र स्थानीय पहिचानको प्रचार–प्रसारमा मेलाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।