विराटनगर । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
वायुको प्रभावका कारण आइतबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिक बदली रहने छ। यी क्षेत्र बाहेक देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस्तै, आइतबार राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। राति बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।