विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । विचार र आदर्शलाई प्राथमिकतमा राखेर राजनीति गर्दै आएका उपाध्याय केही वर्षयता भने सक्रिय राजनीतिमा थिएनन् ।
विराटनगर महानगरपालिका ७ घर भएका उपाध्याय विगत केही समयदेखि क्यान्सर रोगको उपचार गराउँदै थिए । सोही क्रममा उनको गए राति ९२ वर्षको उमेरमा निधन भएको हो ।
उपाध्यायको निधनप्रति विराटनगर महानगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले फेसबुकमा श्रद्धाञ्जली सन्देश सार्वजनिक गरेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।