काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र केही समय पछि सरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्द सत्रको समय पर सारिएको हो ।
पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । यसअघि ७ः३० बजेका लागि बन्दसत्र बोलाइएको थियो । अब बन्दसत्र मध्याह्न १२ बजेको लागि सारिएको छ ।
केन्द्रीय कमिटी मार्फत अध्यक्ष ओलीले विभिन्न प्रस्ताव अघि सार्ने भएका छन् । ओलीका प्रस्ताव केन्द्रीय कमिटी हुँदै बन्दसत्रमा पेस हुनेछन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।