विराटनगर । भिजिट भिषा तस्करी प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखलार्य उन्मुक्ति दिँदै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र अर्यालसहित ७ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार उनीहरुबाहेक घुस रिसवत मुद्दामा ६ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा पेस गरिएको छ । तत्कालीन अध्यागमन कार्यालय प्रमुख भट्टराईलाई ७९ लाख ८० हजार, अध्यागमन अधिकृत यज्ञराज अर्याललाई ८ लाख, ग्रीनलाइन ट्राभल्स् एन्ट टुरका सञ्चालक बालकृष्ण खड्का र राम खड्कालाई जनही ३० लाख २० हजार बिगो दाबी गरिएको छ ।
त्यसैगरी बानेश्वरस्थित सेन्ट्रल रिसर्च अफ साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका ल्याब सहायक कविता पौडेलविरुद्ध ७९ लाख ८० हजार रूपैयाँ, फ्यामिली होलिडेज् ट्राभल्स एन्ड टुरका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार र जग्गा व्यवसायी खेमप्रसाद सुवेदीविरुद्ध ७९ हजार ८० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
अख्तियारले सो प्रकराणमा मुछिएका लेखकमाथि अनुसन्धान नै नगरी मुद्दा दायर गरेको हो । लेखकले अध्यागमन कार्यालय प्रमुखमा सरुवा गरेका भट्टराईविरुद्ध मुद्दा दायर हुँदा अख्तियारले उनलाई भने विना अनुसन्धान उन्मुक्ति दिएको हो ।
लेखकको सचिवालयका बद्रीप्रसाद तिवारी र जनक भट्टको सो प्रकराणमा संलग्नता रहेको प्रमाण सहसचिव भट्टराईको मोबाइल र अन्य परीक्षणबाट खुलेकोक थियो । उनीहरुले रकम लिने र मान्छे पठाउन अध्यागमनमा सेटिङ मिलाउनेसम्मको काम गरेको पाइएको थियो ।
भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा अख्तियारले सह–सचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ गरेको थियो । उनी पक्राउ पर्ने सूचनापछि गृहमन्त्री लेखकले रातारात उनको विमानस्थल अध्यागमन प्रमुखबाट सरुवा गराएका थिए ।
सो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक संलग्न रहेको आरोप लागेको थियो । लेखकको सचिवालयमा रहेका व्यक्तिहरु सो प्रकरणमा जोडिएको खुलेपछि उनको राजीनामा माग गर्दै ससंद अबरुद्धसमेत भएको थियो । प्रतिनिधिसभा भंग नहुँदासम्म लेखकलाई भिजिट भिसा प्रकरणको अनुसन्धान दायरामा ल्याउन माग गर्दै विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बहिस्कार गर्दै आएका थिए ।
अख्तियारले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख र अर्याल विरुद्ध ५ लाख विगो माग दावी गरेको छ । मुद्धा दायर भएका अन्य चार जना भिजिट भिषा तस्करीमा विचौलियाको काम गरेकाहरु छन् ।
भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको छ । प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो ।
एक वर्षपछि १४ मंसिर २०८१ मा काठमाडौ जिल्ला अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गरेकोमा अहिले सहसचिवसहित विरुद्ध मुद्दा दायर भएको हो । तर, यो प्रकरणमा लेखकमाथि अनुसन्धान नभएकोले अख्तियारमाथि नै प्रश्न उठ्ने देखिएको छ ।
भिजिट भिसामा अध्यागमनका कर्मचारीले विमानस्थलमा पैसा असुलेको भन्दै अख्तियारमा उजुरी परेको थियो । एउटै भिसामा एकै ठाउँ सँगै जानेहरुमध्येबाट पनि रकम तिर्ने उडेका र अन्यलाई फर्काइएको गुनासो उजुरीकर्ताको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।