लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज वार्ता हुँदै

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज वार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी तथा अभियानकर्मी दुर्गा प्रसाईंबीच आज औपचारिक छलफल हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे दुई पक्षबीच वार्ता तय भएको हो ।

केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालयले पत्र पठाएर प्रसाईंलाई वार्ताका लागि आह्वान गरेको थियो । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पत्र लेख्दै आजका लागि छलफलमा बोलाएका थिए ।
स्रोतका अनुसार, गृहमन्त्री ओमप्रकाश अर्यालसँगको परामर्शपछि प्रधानमन्त्री कार्की प्रसाईंसँग वार्ता गर्न सहमत भएकी हुन् । सोही सहमतिबमोजिम आजका लागि समय निर्धारण गरिएको थियो । सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका प्रसाईं केही दिनअघि पक्राउसमेत परेका थिए । आन्दोलनको घोषणालगत्तै उनलाई नियन्त्रणमा लिइएको थियो । आफ्ना निकटस्थ र सल्लाहकारहरूसँगको छलफलपछि प्रसाईंले सरकारसँग वार्ताको बाटो रोजेका हुन् । आजको छलफलमा प्रसाईंले प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग आफ्ना सरोकारहरू राख्ने बुझिएको छ ।
आन्दोलनका कार्यक्रम घोषणा गर्नुपूर्व प्रसाईंले सरकारसमक्ष विभिन्न २७ बुँदे मागहरू प्रस्तुत गरेका थिए । आजको वार्ता तिनै मागहरूको सेरोफेरोमा केन्द्रित रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds