लोड हुँदैछ...

मेनु

झापाको कन्काईबाट डेढ लाख मूल्य बराबरको अवैध माछा बरामद, प्रहरीद्वारा नष्ट

झापाको कन्काईबाट डेढ लाख मूल्य बराबरको अवैध माछा बरामद, प्रहरीद्वारा नष्ट

विराटनगर । झापाको कन्काई नगरपालिकाबाट प्रहरीले भन्सार छली तथा क्वारेन्टाइन परीक्षण नगरी अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको माछा बरामद गरी नष्ट गरेको छ । आज बिहान करिब ११ : २० बजेको समयमा कन्काई नगरपालिका वडा नं. ३ स्थित सव–डिभिजन वन कार्यालय नजिकैको बाटो छेउबाट उक्त माछा बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक ९ सुबास ढुंगानाको कमान्डमा खटिएको गस्ती टोलीले सडक छेउमा बेवारिसे अवस्थामा राखिएको ४१७ केजी माछा फेला पारेको थियो । बरामद गरिएका माछाहरूमा मुङरी, सिलन, रहु र बम्प्लेट जातका माछाहरू रहेका छन् । प्रहरीका अनुसार बरामद गरिएको माछाको अनुमानित बजार मूल्य एक लाख पचास हजार रुपैयाँ रहेको छ । स्वास्थ्यका लागि हानिकारक हुन सक्ने र अवैध रूपमा आयात गरिएको उक्त माछालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय झापाको परिसरमा खाल्डो खनी पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।