लोड हुँदैछ...

मेनु

एनपीएल : चितवन राइनोजविरुद्ध पोखराको आठ विकेटको जित

एनपीएल : चितवन राइनोजविरुद्ध पोखराको आठ विकेटको जित

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को अन्तिम खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै आफ्नो सिजनको अन्त्य गरेको छ।

यससँगै प्लेअफबाट बाहिरिएको पोखराले ६ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ। चितवन भने छैटौं स्थानमा छ। भोलिको खेलमा जनकपुरले जित निकाले चितवनले सातौं स्थानमा रहेर सिजन अन्त्य गर्नेछ। 

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गर्यो।

पोखराका लागि एडम वासिंटनले ६५ रनको अर्धशतकीय पारी खेले। उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। एडमले अर्जुन कुमालसँग पहिलो विकेटका लागि सय रनको साझेदारी गरेका थिए। अर्जुन कुमाल नट आउट ४३ रनमा रहे भने जेसन रोय ६ रनमा अविजित रहे। कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए।

चितवनले टस जितेर पहिले ब्याटिङ गरेको टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रन बनाएको थियो। चितवनका लागि देव खनालले ३५ रन बनाए। अल्पेश रमजानीले ३३ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २३ रन बनाए।

बलिङतर्फ पोखराका धनन्जय लक्षनले ३ विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक–एक विकेट लिए। चितवनका लागि शेफ जैब र रिजन ढकालले एक–एक विकेट लिए।

पोखराको जितले सिजनको अन्त्यमा टोलीको आत्मविश्वास बढाएको छ। खेल अवधिभर दर्शकले रोमान्चक प्रतिस्पर्धा र उत्साहजनक प्रदर्शनको मजा लिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।