विराटनगरको एस्पायर कलेज र कोरियाली कम्पनी छन्जे एजुकेशनबीच सम्झौता

विराटनगरको एस्पायर कलेज र कोरियाली कम्पनी छन्जे एजुकेशनबीच सम्झौता

विराटनगर । बिराटनगरमा संचालित एस्पायर कलेजले कोरियाको अग्रणी एड-टेक कम्पनी छन्जे एजुकेशनसँग औपचारिक सम्झौता (MOU) दक्षिण कोरियामा सम्पन्न गरेको छ।

कोरियाको डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँगको यो सहकार्यले एस्पायर कलेजका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ र अवगतता प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने कलेजका संचालक प्रतीक राउतले जानकारी दिए ।

एस्पायर कलेजले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ इन्जिनियिङ्ग रस्कूल अफ एजुकेशन मार्फत Bachelors in Information Technology (BIT) र Bachelors of Technical Education in Information Technology (BTech. Ed IT) कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। यो सहकार्यले यी दुवै कार्यक्रमका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका EdTech अभ्यास र वास्तविक परियोजनासँग प्रत्यक्ष रूपमा जोडिने अवसर दिनेछ।

सम्झौता अनुसार, छन्जे एजुकेशनले एस्पायर कलेजका विद्यार्थीहरूका लागि ६ हप्ते अन्तर्राष्ट्रिय बुटक्याम्पपछि २ दिने ह्याकाथन यहि डिसेम्बर ८ बाट सुरु गर्नेछ। यस कार्यक्रममार्फत विद्यार्थीहरूले डिजिटल कन्टेन्ट डेभलपमेन्ट, UI/UX डिजाइन, कोडिङ वर्कफ्लो (GitHub), इन्टरेक्टिभ लर्निङ सिस्टम, र क्लाउड डिप्लोयमेन्ट जस्ता अत्याधुनिक सीपहरू प्रत्यक्ष रूपमा सिक्ने मौका पाउनेछन्।

कलेजका अनुसार ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने ३ उत्तम टोलीहरूलाई नगद पुरस्कार सहित कोरियाली एड-टेक परियोजनाहरूमा संलग्न हुने अवसर प्रदान गरिनेछ । जसले उनीहरूको करियरमा अन्तर्राष्ट्रिय पहुँच, अनुभव र प्रतिस्पर्धात्मक क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।

एस्पायर कलेजले कोरियाली कम्पनीसंग गरेको यो सम्झौतालाई शैक्षिक नवप्रवर्तन, अन्तर्राष्ट्रिय सहकार्य, र सीप विकासको दिशामा ठूलो उपलब्धि मानिएको छ। यो सहकार्यले नेपाली विद्यार्थीलाई ग्लोबल स्ट्यान्डर्डको एड-टेक (EdTech) वातावरणसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्