झापामा ३५ हजार मतदाता थपिए, कुल संख्या ७ लाख नाघ्यो

झापामा ३५ हजार मतदाता थपिए, कुल संख्या ७ लाख नाघ्यो

विर्तामोड । प्रतिनिधिसभा निर्वाचन घोषणापछि झापा जिल्लामा ३५ हजार नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार नयाँ मतदाता समावेश भएपछि जिल्लामा कुल मतदाता संख्या ७ लाख १४ हजार ५ सय ९५ पुगेको छ ।

जिल्लामा अबसम्म ११ हजार ७ सय ३३ जनाको विवरण बायोमेट्रिक्समार्फत दर्ता गरिएको छ । यस्तै, २३ हजार ५ सय ८६ जनाको विवरण राष्ट्रिय परिचयपत्रका आधारमा समावेश गरिएको छ ।

निर्वाचन घोषणा अघि झापामा ६ लाख ७९ हजार २ सय ७६ मतदाता रहेका थिए । राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गर्न सकिने सुविधा लागू भएपछि नाम दर्ता गर्नेको संख्या उल्लेख्य रूपमा बढेको निर्वाचन कार्यालयले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्