नेकपा र जसपाबीचको वार्ता सकारात्मक, छिट्टै निष्कर्षका पुग्ने

नेकपा र जसपाबीचको वार्ता सकारात्मक, छिट्टै निष्कर्षका पुग्ने

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीबिच पार्टी एकता वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न भएको बैठकले अर्को निर्णायक वार्ताका लागि बिहीबार पुनः संयुक्त बैठक बस्ने जनाइएको छ ।

‘वार्ता अत्यन्त सकारात्मक रहनुको साथै छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको छ,’ नेकपाका नेता प्रकाश ज्वालाले भने । वार्तामा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट देव गुरुङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल तथा जसपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेतको सहभगिता रहेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्