लोड हुँदैछ...

मेनु

भारतमा भएको रेल दुर्घटनामा झापाका युवाको मृत्यु

भारतमा भएको रेल दुर्घटनामा झापाका युवाको मृत्यु

विर्तामोड । भारतमा भएको रेल दुर्घटनामा परी झापाको कचनकवलका एक युवकको मृत्यु भएको खुलेको छ ।

कचनकवल गाउँपालिका–४ स्थित पगलीभिट्टा निवासी कार्तिक मियाका छोरा फरमुद आलमको रेल दुर्घटनामा मृत्यु भएको हो ।

आलम दिल्लीबाट रेल चढेर घर फर्कने क्रममा उत्तर प्रदेश राज्यको जागिपुर रेलवे स्टेसननजिकै रेलबाट लडेर गम्भीर घाइते भएका थिए । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

परिवाकारका अनुसार आलम केही महिनाअगाडि कामको सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली गएका थिए । आलमको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।