धरान । नेपाल तरुण दल धरान नगर समिति सुनसरीले धरानमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका मोडिफाई मोटरसाइकल र स्कुटीका कारण सहरको शान्ति–सुरक्षा प्रभावित भएको भन्दै नियन्त्रणका लागि जिल्ला ट्राफिक कार्यालय सुनसरीमा ज्ञापनपत्र बुझाएको छ ।
अध्यक्ष रामकुमार तामाङको नेतृत्वमा जिल्ला ट्राफिक कार्यालयमा पुगेको टोलीले मोडिफाई सवारी साधनका विरुद्ध कारबाही गर्न माग गरेको हो ।
तरुण दलले धरानमा राति अबेरसम्म ठुलो आवाजमा सवारी चलाउने, तीन–तीन जना सवार हुने र बिना हेल्मेट तीव्र गतिमा दौडिने मोटरसाइकल तथा स्कुटीका गतिविधिले स्थानीय बासिन्दामा त्रास फैलाएको जनाएको छ। मोडिफाई सवारी साधनको बढ्दो प्रयोगले बालबालिकादेखि वृद्धासम्मको स्वास्थ्यमा असर पारेको छ र समाजमा अराजकता बढाएको ज्ञापनपत्रमा जनाइएको छ ।
ज्ञापनपत्रमार्फत तरुण दलले यस्ता गतिविधि तत्काल रोक्न, संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन र धरानमा शान्ति–सुरक्षा कायम गर्न प्रहरी, प्रशासन र स्थानीय निकायबीच समन्वय गर्न आग्रह गरेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।